बाँकेमा कोरोना विशेष अस्पताल सञ्चालन

समाचार

9/11/2020

नेपालगन्ज, २६ भाद्र । नेपालगन्जको भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो अस्पतालको उदघाटन गरे ।

सो कोरोना विशेष अस्पतालमा आठ आइसियुसहित ७२ श्यया रहेको छ । निकट भविष्यमै अस्पताललाई १०० श्ययाको बनाइने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

यसअघि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा श्यया अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ