बाँके, २५ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ ।
शनिबार राति नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. ८ निवासी ७१ वर्षीया महिलाको भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि पिसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना संक्रमण देखिएको थियो ।
दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई मृत्यु भएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया