बाँके अब कोरोनामुक्त जिल्ला

समाचार

10/29/2020

नेपालगन्ज, १३ कार्तिक । बाँके जिल्लामा पछिल्ला दिनहरुमा कोरोनामुक्त भएर घर जानेहरु बढ्दै गएका छन् । अब २९६ जना संक्रमित मात्रै निको हुन बाँकी छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधवार पनि १८ जना संक्रमणमुक्त भै घर फर्किएका हुन ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार सरकारले ५०० भन्दा कम संक्रमित भएको जिल्लालाई संकटमुक्त जिल्ला घोषणा गरेको हुँदा संक्रमितको संख्या २९६ जनामा झरेसंगै बाँके जिल्ला पनि संकटमुक्त जिल्ला बन्न सफल भएको हो ।

उनले दसैंको बेला गत चार दिनमा बाँकेबाट ३२१ जना कोरोनामुक्त भै घर फर्किएपछि संक्रमितको संख्या घटेर जिल्ला नै संकटमुक्त बन्न सफल भएको जानकारी दिए ।

अब आइसोलेसन र अस्पतालमा रहेका २९६ मध्ये लक्षण देखिएका ४९ जनाको उपचार भेरी विशेष कोरोना अस्पताल नेपालगञज र ३६ जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

ती मध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाउँदै उहाँले उनीहरुको उपचारमा प्लाज्मा थेरापीदेखि अन्य सबै विधिको प्रयोग भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ