रुपन्देही, ११ भाद्र । कोरोना भाइरस संक्रमणबाट बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्याबाट समेत रहेको चिकित्सकले जनाएको छ ।
तपाईको प्रतिक्रिया