रुपन्देही, २९ भाद्र । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोभिड–१९ संक्रमित महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान उपचारको क्रममा कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको मृत्यु भएको हो ।
भाद्र २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पताले जनाएको छ ।
तपाईको प्रतिक्रिया