बाढीको कारण २८ लाख ५० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ नष्ट

समाचार

9/26/2020

सुनसरी, १० असोज । अविरल वर्षापश्चात् आएको बाढीका कारण सुनसरी जिल्लाको एक उद्योगमा २८ लाख ५० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ नष्ट भएको छ ।

इटहरी उपमहानगरपालिका–१२ खनारस्थित श्री अरिहन्त आईरन एण्ड स्टिल कम्पनीमा शुक्रबार दिउँसो अविरल वर्षाको कारण बाढी पसेर २१ लाख रुपैयाँ मुल्य बराबरको १५ टन स्टिच वायर र करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको ८ टन ईलेक्ट्रोप्लेट वायर समेत गरी करिब २८ लाख ५० हजार रुपैयाँ बराबरको बराबरको कच्चा पदार्थ नष्ट भएको छ ।

तत्काल खटिएको प्रहरीले घटनास्थलमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ