जनकपुरधाम, १ चैत । रहस्यमय तरिकाले बेपता भएका झा दम्पतीको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्दै जनकपुरधाममा प्रर्दशन गरिएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवामा झा दम्पती बेपत्ता भएको दुई हप्ताभन्दा बढी भएपनि प्रहरीले अहिलेसम्म उनीहरुको पत्ता लगाउन सकेको छैन ।
जनकपुरधामामा स्थानीय युवाहरुले प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै चक्का जाम गरे । गत फागुन ११ गते राति घरबाटै बेपत्ता पारिएका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झाको अवस्था अझै अज्ञात नै रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा तप्सीचोकमा चक्काजाम गरिएको हो ।
विरोध प्रदर्शनमा वडाध्यक्ष साहले घरबाटै बेपत्ता पारिएका झा दम्पत्तीको १९ दिन बितेपनि अवस्था अज्ञात हुनुले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न चिह्न खडा भएको बताए ।
यता महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले आफूहरु घटना सम्बन्धमा अनुसन्धान गरिरहेको बताए ।
तपाईको प्रतिक्रिया