कपिलवस्तु, २४ पुस । वाणगंगा नगरपालिका–४ सिद्धिपुर होराईजन चोक बस्ने सोही नगरपालिका–३ ठाटी घर भएका ३१ वर्षीय ऋषि चौधरी ब्राउनसुगरसहित प्रक्राउ परेका छन् ।
चौधरीलाई करिब १ ग्राम ९ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनी बस्ने घरमा लागूऔषधको कारोबार हुदैछ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध सहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया