बाराको पचरौतामा आगलागी

समाचार

4/5/2021

बारा, २३ चैत । बाराको पचरौता नगरपालिकामा आइतबार एकैपटक पाँच घरमा आगलागी हुँदा झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

पचरौता नगरपालिका–१ पिपरपातीमा बस्ने जयनारायण यादवको घरबाट सल्केको आगोले नजिकै रहेका शम्भु यादव, नागेन्द्र यादव, मिश्री यादव र लक्ष्मण यादवको घरमा पनि क्षति भएको छ ।

आगलागीबाट घर, लत्ता कपडा, अन्नपात लगायत नष्ट भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ