बाराका ६ स्थानीय तहमा अस्पतालको शिलान्यास

समाचार

12/1/2020

बारा, १६ मंसिर । ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पु¥याउने उद्देश्यले संघीय सरकारको कार्यक्रमअन्तर्गत आज बाराको निजगढ नगरपालिकाले १५ शय्याको अस्पतालको शिलान्यास गरेको छ ।

करिब १८ करोड लागत अनुमान गरिएको उक्त भवनको नगरप्रमुख सुरेश खनालले शिलान्यास गरेका हुन् । बाराका ६ वटा स्थानीय तहमा एकैसाथ आधारभूत अस्पतालको शिल्यान्यास गरिएको हो ।

संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको बजेट र भवनको डिजाइन प्राप्त भइसकेपनि डिपिआर तथा खर्च इस्टिमेट गर्न बाँकी रहेकाले छिट्टै डिपिआर बनाई दुई वर्षभित्र सञ्चालन गर्ने गरी तयारी गरिएको निजगढ नगरका नगरप्रमुख सुरेश खनालले बताए । अस्पताल निर्माणपश्चात् दक्ष चिकित्सकसहित अत्यावश्यक सवै सेवाहरू सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ