बर्दियामा जनमत पार्टी एकै दिनमा चार एकाई समिति गठन गर्‍यो

समाचार

9/26/2020

बर्दिया, १० असोज । जनमत पार्टी बर्दियाले शनिबार चार वटा गाउँ इकाई समिति निम्न गठन गरेको छ । गुलरिया नगरपालिकाको वार्ड नम्बर ८ को आशापुरमा जगन्नाथ लोधको अध्यक्षयतामा २१ सदस्य गाउँ समिति गठन गरेको छ ।

यस्तै, वार्ड नं.८ कै कोठिया गाउँमा रामकुमार थारुको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको हो ।

यसैगरी, वार्ड नं. ८ को सूरजपुरमा प्रसादी लोधको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ ।

गुनपको वार्ड नम्बर ९ को खालेपुरवामा जाविर अली शेषको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको जनमतका केन्द्रीय नेता अब्दुल खाँले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ