बर्दिबास, २३ कार्तिक । रोटरी क्लब बर्दिबासले महोत्तरीस्थित बर्दिबास अस्पताललाई एक थान पीसीआर मेसिन उपलब्ध गराएको छ ।
क्लबका अध्यक्ष हिरा गौतमले बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीलाई कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो ।
‘बर्दिबास अस्पताल प्रदेश २ को केन्द्रमा पर्छ । त्यसैले लाखौंको मेसिन हामीले अस्पताललाई सहयोग स्वरुप दियौं,’अध्यक्ष गौतमले भने, ‘शिक्षा, स्वास्थ्य, शान्ति निर्माणको तहमा रोटरी क्लबले काम गर्दै आएको छ ।’
रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिबासलाई प्राप्त १ थान पीसीआर मेसिन, ल्यापटप र यूपीएस अस्पताललाई प्रदान गरिएको रोटरी क्लब बर्दिबसका सेक्रेटरी बिष्णु पुरिले जानकारी दिए ।
तपाईको प्रतिक्रिया