बारा, २५ मंसिर । कोरोना भाइरस (कोभिड १९) कारण खस्किएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न र आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरु ‘जाउँ है पोखरा’ अभियानमा जुटेका छन् ।
आन्तरिक पर्यटक प्रवद्र्धन गर्न गण्डकी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरुले ‘जाउँ है पोखरा’ भन्ने नाराका साथ बाराको पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन तथा छलफल गरेका छन् । छलफलमा कोभिड १९ का कारण धरासायी भएको होटल तथा पर्यटन व्यवसायलाई उकास्न आन्तरिक पर्यटन नै मुख्य माध्यम भएको उनीहरुले बताए ।
व्यवसायीहरुले कोभिड १९ कारण पर्यटन व्यवसाय ठप्प भएपछि आर्थिक रुपमा धरासायी हुँदै गएको बताए । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले कोरोना महामारीका कारण विदेशी पर्यटक आउने वातावरण नभएकाले आन्तरिक पर्यटक नै पर्यटन व्यवसायको मुख्य आधार र दिगो भएकाले जाउ है पोखरा भन्ने नाराका साथ बाराबासीलाई पोखरामा घुम्नलाई निम्तो दिइएको बताए ।
तपाईको प्रतिक्रिया