बारामा प्रहरी र तस्करबीच झडप, तीन घाइते

समाचार

10/29/2020

बारा, १३ कार्तिक । प्रहरी र तस्करबीच झडप हुँदा बारमा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ टोल भएर बुधबार राती भारतबाट आठ बोरा प्याज नेपाल भित्रयाउँदै गरेको अवस्थामा पक्राउ गरि जिल्लाबाट गाडी बोलाएर पठाएको बिरोध भइ झडप भएको हो ।

झडप नियन्त्रण गर्न प्रहरीले करिब १० राउन्ड हवाई फायर गरेको बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज पाण्डेले जानकारी दिए । झडपबाट ईलाका प्रहरी कार्यालय कवहीको प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी, नाम नखुलेको एक प्रहरी जवान घाइते भएको पनि उनले बताए ।

बाराका एसपी कृष्ण पंगेनीले गोली लागेर १४ वर्षीय रन्जन यादव पनि घाइते भएको जानकारी दिए । उनका अनुसार बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको अपरेशन गरिएको छ । तस्करीको सामान नियन्त्रणमा लिँदा स्थानीयहरू प्रहरीमाथि नै जाइलागेपछि झडप भएको पंगेनीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ