बारा र पर्साका थप १५ जनामा कोरोना संक्रमण

समाचार

9/25/2020

वीरगञ्ज, ९ असोज । वीरगञ्ज महानगरपालिकामा १० जनासहित पर्सा र बारामा गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोशालामा बिहीबार राति कुल १ सय २५ जनाको स्वाब परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

जसमध्ये वीरगञ्ज महानगरपालिकाका १० जना रहेका छन् । पर्साका १ सय ३ जनाको स्वाब परीक्षण गर्दा ११ जनामा र बाराका २२ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताए।

यस्तै छिपहरमाई गाउँपालिका ५ का एक जनामा पनि संक्रमण देखिएको छ । बाराको सिम्रौनगढ नगरपालिका ४ का एक, पचरौता नगरपालिका ३ का एक र आदर्श कोतवाल गाउँपालिका ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ