जनकपुरधाम, ४ माघ । प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।
बलिदानी दिवसको अवसरमा सोमबार प्रदेशभरी सार्वजनिक विदा दिइएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइने गरिन्छ ।
पहिलो मधेश आन्दोलनको क्रममा सिरहाको लहानस्थित रमेश महतोले सहादत प्राप्त गरेको स्मरणमा बलिदानी दिवस मनाउँदै आइएको छ ।
तपाईको प्रतिक्रिया