कपिलवस्तु, ५ असोज । बुद्धभूमि नगरपालिका–९ चौवन्नपुरमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लु.१ च ५४४८ नम्बरको बलेरोले लु.१० प ५९२४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका डुमरा बस्ने ४५ वर्षीय रामधनी चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया