काठमाडौं, २३ माघ । भारत सरकारको अनुदानमा ६ वटा विद्यालयको पुनर्निर्माण हुने भएको छ ।
भारतीय दूतावासको पुनर्निर्माण शाखाका प्रमुख, परियोजना निर्देशक, सीएलपीआईयू, परियोजना परामर्शदाता (सीबीआरआई रुड़की) र ठेकेदारको उपस्थितिमा बिहीवार बसेको बैठकले सो निर्णय गरेको हो ।
पाँच सय ९० मिलियन लागतमा काठमाडौंमा ४ र काभ्रेमा २ वटा विद्यालयको निर्माण भइरहेको छ ।
यी ६ विद्यालयहरू नेपालका ७१ जिल्लाका भूकम्प प्रभावित शैक्षिक संस्थाहरूको पुनर्निर्माणको भारत सरकारको प्रतिबद्धताको अन्तिम समूह रहेको भारतिय दूतावासले जनाएको छ । भारतले आयोजनाका लागि अनुदानको रूपमा ५० करोड अमेरिकी डलर प्रतिबद्ध गरेको छ ।
तपाईको प्रतिक्रिया