भंगाहामा मेयर गोल्डकप फुटबल शुक्रबारदेखि

समाचार

12/31/2020

महोत्तरी, १६ पुस । जलेश्वर–महोत्तरी जिल्लाको भंगहा नगरपालिकाद्वारा पाँच लाख राशीको मेयर गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नगर प्रमुख संजीव कुमार साहले यही पुस १७ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

उनले सो प्रतियोगिताका प्रथम विजेतालाई रु ५ लाख १ , उपबिजेतालाई रु १ लाख ५१ हजार १ रुपैया प्रदान गरिने जानकारी दिए ।

प्रतियोगितामा काठमाडौं, हेटौडा, झापा, रुपन्देही लगायतका राष्ट्रिय स्तरमा खेल्ने आठ वटा समूहको सहभागिता रहने छ ।

सर्वाधिक राशीको फुटबल प्रतियोगिता महोत्तरीको इतिहासमै पहिलो पटक हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको आवश्यक तयारी पूरा भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ