महोत्तरी, २२ साउन । कोरोनाको जोखिम बढेपछि महोत्तरीको भंगहा नगरपालिले बिहीबारदेखि एक सातासम्मका लागि लडकउन घोषणा गरेको छ ।
बुधबार भंगहा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमै कोरोना फैलिन सक्ने जोखिम देखिएपछि नगरपालिकाले नगरपालिका कार्यालय, वडा कार्यालयलगाय अति आवश्यक सेवाबाहेक सबै गतिविधि अगामी २८ गते राति १२ बजेसम्मका लागि बन्द गराउने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया