भाजपा नेता चौथीवालद्वारा प्रधानमन्त्री ओली र नेकपा महासचिवसँग भेट

समाचार

12/10/2020

काठमाडौं, २५ मंसिर । सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा भाजपाका विदेश मामिला प्रमुख विजय चौथीवाल नेपाल भ्रमणमा आएका छन् । काठमाडौं आउने बित्तिकै चौथीवालले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् ।

चौथीवालले सामाजिक सञ्जाल ट्वीटरमा आफू काठमाडौं आएको र प्रधानमन्त्री ओली र नेकपा महासचिव पौडेलसँग भेट भएको उल्लेख गरेका छन् । लामो समयदेखि सम्वादहीनता रहेको अवस्थामा हालै नेपालमा भारतीय पक्षको भ्रमण बाक्लिँदै गएको छ । पछिल्लो समय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल आएर फर्केका थिए । विदेशसचिव हर्षवर्धन भन्दा अगाडि भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयलले नेपाल भ्रमण गरेका थिए । उनीलगत्तै सेनाप्रमुख मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए । उनीपछि विदेशसचिवस्तरीय भेटका लागि विदेशसचिव श्रृंगला आएका थिए ।

यता पुस पछिलो साता परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागि हुन नेपालबाट परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारत जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई आफ्नो दूतका रुपमा भारत भ्रमणमा पठाउन लागेका हुन् । भ्रमणका क्रममा ज्ञवालीले राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ