भन्सार छलि ल्याउँदै गरेको मोबाइलको व्याट्री र डिस्प्लेसहित दुई जना पक्राउ

समाचार

11/10/2020

रुपन्देही, २५ कार्तिक । सिद्धार्थनगर नगरपालिका–१२ आवरोडबाट भन्सार छलि भारतबाट ल्याउँदै गरेको करिब १ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सामानसहित प्रहरीले पक्राउ गरेको छ ।

२ सय ५० थान मोबाइलको व्याट्री र ५९ थानमोबाइलको डिस्प्लेसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका–६ बस्ने २८ वर्षीय संजय जैसवाल र तिलोत्तमानगरपालिका–१७ बस्ने २६ वर्षीय प्रबिन गैरे रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ