भारतको ‘एअर बबल’ मा नेपाल सामेल हुने

समाचार

11/30/2020

काठमाडौं, १५ मंसिर । भारतको प्रस्तावित ‘एअर बबल’ मा नेपाल सहभागि हुने भएको । उक्त स्वरूपमा नेपाल–भारतबीच उडान शुरू गर्ने तय भएको नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले बताए ।

मन्त्रिपरिषद्को बैठकले सबै देशहरूसँग हवाई उडान खोल्ने निर्णय गरेको थियो । उनले भने, ‘अर्को सातादेखि नेपाल भारतबीच दैनिक एक एक वटा उडान गर्ने गरी व्यवस्था गरिनेछ ।’

एअर बबल अन्तर्गत कस्ता मानिस यात्रा गर्न पाउनेहुन् भन्नेबारे दुवै देशका उड्डयन निकाय बसेर टुङ्गो लगाउने पनि मन्त्री भट्टराईले बताए ।

यसअघि भारतले तेश्रो मुलुकका नागरिक बाहेक एक अर्काका देशका बसिरहेका नेपाली र भारतीय नागरिकले मात्र उडान गर्न पाउने ‘एयर बबल’भनिने उडान ढाँचामा सहभागी हुन गरेको आग्रहलाई नेपाल सरकारले मानिरहेको थिएन । मन्त्री भट्टराई भन्छन्, ‘अन्यत्रको उडान खुला नै रहेको थियो । बुधवारको मन्त्रिपरिषद्को बैठकले भारत र बाङ्लादेशको उडान पनि खोल्ने निर्णय गरेको छ । अब यो तुरुन्तै कार्यान्वयनमा जान्छ ।’

अघिल्लो साता भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँग “एअर बबल” सम्झौताको सम्भाव्यता भारतले खोजिरहेको बताएका थिए ।

एअर बबल अन्तर्गतको सम्झौतामा विदेशी बाहेक नेपाल वा भारतमा बसिरहेका दुई देशका नागरिकका लागि मात्रै हुने हिसाबले हवाई उडान खोल्न भारतले नेपालसमक्ष प्रस्ताव राखेको बताइन्छ ।

कोभिड १९ को महामारी देखा परेपछि नियमित उडानहरू अवरूद्ध भएयता भारतले हालसम्म २२ वटा देशसँग यस्तो उडान सम्झौता गरेको छ ।

भारतसँगको उडान अवरूद्ध हुँदा ठूलो सङ्ख्यामा त्यहाँ काम गर्न जाने र अध्ययन गर्न बस्ने नेपालीहरू मारमा परेका थिए ।

पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्ययन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने मन्त्रिपरिषद्को निर्णयले सैद्धान्तिक रूपमा भारत र बाङ्लादेशमा हवाई उडान गर्नलाई बाटो खोलेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ