वीरगञ्ज, २८ पुस । वीरगञ्जका दुई किशोरलाई भारतको बिहार राज्यको राजधानी पटनाबाट उद्धार गरिएको छ । शनिबार कोचिङ पढ्न भनेर घरबाट निस्किएका ती दुई किशोर एकसाथ बेपत्ता भएका थिए । उनीहरु ६ कक्षाका विद्यार्थी रहेको बताइएको छ ।
केही भारतीय सञ्चारमाध्यमले ती दुवै किशोर अपहरणकारीको पञ्जामा परेर पटना आइपुगेको समाचार प्रकाशन गरेका छन् । पर्सा प्रहरीले भने अपहरणको पुष्टि हुन नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले शनिबार दिउँसोबाट हराएका वीरगञ्जका दुई किशोर पटनामा फेला परेको पुष्टि गरे पनि उनीहरु अपहरणकारीको पञ्जामा परेर पटना पुगेका हुन् भन्ने आधार नदेखिएको बताए ।
पटनाबाट भारतीय प्रहरीले ती किशोर फेला परेको जानकारी आएको र उनीहरुलाई लिन नेपाल प्रहरीको टोली पटना गएको उनले बताए । ‘
उनीहरुलाई वीरगञ्जबाट भारतको जक्कनपुर थाना क्षेत्रमा रहेको मिठापुर बस पार्कमा ल्याइसकेपछि अपहरणकारीहरु खाना खान होटलमा गएको र त्यही मौकामा ती दुई किशोर पिकअप भ्यानबाट निस्किएर जक्कनपुर थानामा पुगी घटनाबारे जानकारी गराएको दैनिक जागरणको अनलाइन संस्करणमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया