काठमाडौं, २७ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधनमा काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ ।
विजय घिमिरे विश्वकर्मा संस्थाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रेम जिसीले पासवानलाई भारतीय दलित आन्दोलनको अथक योद्धा दक्षिण एशियाकै दलित आन्दोलनका प्रेरणाका स्रोतको रुपमा चित्रण गरेका थिए ।
दलित समूदायको पूर्ण अधिकार नभएसम्म राज्यसत्तासँग निरन्तर लड्नु पर्ने अवस्था आएको पनि उनले आवश्यकत्ता औंल्याए । त्यस्तै, कार्यक्रममा दलित समूदायबाट सगरमाथामा पहिलो पाईला टेक्न सफल विजय घिमिरे विश्वकर्माले हिजो दलित समुदायलाई हरेक पक्षमा बञ्चित गरिएको दक्षिण एशियाको समाजमा विभिन्न समस्या र संघर्षको बावजुद दलित समूदायको अधिकार प्रािप्तको लागि योगदान गर्ने रामविलास पासवानलाई सधैं सम्झिरहने विश्वास दिलाए ।
तपाईको प्रतिक्रिया