काठमाडौं, २ माघ । अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले भारतमा विकास गरेको कोरोनाविरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
औषधि व्यवस्था विभागले भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो ।
भारतमा अक्सफोर्डले बनाएको सेरम कम्पनीको खोपलाई अनुमति दिइएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।
विभागका महानिर्देशक भरत भट्टराईले यो निर्णयसँगै अब नेपालमा कोरोनाको खोप भित्राउन बाटो खुलेको बताए ।
तपाईको प्रतिक्रिया