भारतमा मिथिलाञ्चल जोड्ने कोसी महासेतु रेल सेवाको उद्घाटन

समाचार

9/20/2020

काठमाडौं, ४ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारस्थित सुपौलबाट चल्न कोसी रेल महासेतुको उद्घाटन गरेका छन् ।

बिहारमा चुनावी माहोल तातिरहेका बेला मोदीले रेल सेवा उद्घाटन गरेर त्यहाँका क्षेत्रीय दलको भोट भाजपातिर तान्ने कोसिस गरेका छन् ।

बिहारमा हुन लागेको विधानसभा चुनावको ठीक पहिले प्रधानमन्त्री मोदीले मिथिलाञ्चल जोड्ने कोसी रेल महासेतुको उदघाटन गरेका हुन् ।

यस कार्यक्रममा बोल्दै बिहारका मुख्यमन्त्री नितीश कुमारले अटल बिहारी बाजपेयीको कार्यकालमा सुरु भएको कार्यक्रम मोदी सरकारको पालामा पूरा भएको बताए । उनले कांग्रेस नेतृत्वको युपीए सरकारका कारण रोकिएको परियोजना अहिले सकिएको भन्दै खुसी व्यक्त गरे ।

उनले यो रेल लाइनको अझै विस्तार गरिनुपर्ने बताए । यसका अलावा मोदीले समस्तीपुर रेलमण्डलका कयौँ योजनाको पनि उद्घाटन गरेका छन् । सुपौलबाट आसनपुर–कुपहा–डेमु रेललाई पनि उनले हरियो झण्डा देखाएका छन् ।

मोदीले समस्तीपुर रेलमण्डलक ५ ठूला योजनाका साथै ३ रेललाई पनि हरियो झण्डा देखाए । मोदीले सीतामढीबाट आनन्द विहार टर्मिनलका लागि विद्युतीय इन्जिनवाला लिच्छवी एक्सप्रेस, सुपौल सरायगढ आसनपुर कुपहा स्टेशनका लागि डेमु र सरायगढ राघोपुरका लागि एक डेमु रेललाई डिजिटल भिडियो कन्फ्रेसिङमार्फ हरियो झण्डा देखाए ।

मोदीले कोसी महासेतु देशलाई समर्पित गरे पनि यसलाई मिथिलाञ्चलसँग जोडिन केही दिन कुर्नुपर्नेछ । सुपौलबाट सरायगढ हुँदै कोसी महासेतुबाट रेल असानपुर कुपहा हल्टसम्म जानेछ ।

असानपुर कुपहा हल्टबाट झन्झारपुर स्टेशनसम्म काम भइरहेको छ । यी दुई स्टेशनबीच ५ साना पुल निर्माण भइरहेको छ । यो काम पूरा भएपछि कोसीबाट मिथिलाञ्चलको दरभंगा स्टेशन जोडिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ