भारतीय जेलबाट भोली छुट्दै इलामका दुर्गाप्रसाद

समाचार

3/19/2021

काठमाडौं, ६ चैत । ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) शनिबार छुट्ने भएका छन् । कोलकाताको उच्च अदालतले गत बुधबार उनलाई तत्काल छाड्न आदेश दिएको थियो ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले उनलाई छाड्न आदेश दिएका हुन । अदालतले दीपकलाई भाइ प्रकाशको साथमा जिम्मा लगाउने आदेश दिएको छ ।

दुर्गाप्रसादलाई लिन भाइ प्रकाश शुक्रबार कोलकाता पुगेका छन् । उच्च अदालतका रजिष्ट्रारसमक्ष उनले सम्पूर्ण कागजी प्रक्रिया पूरा गरिसकेका छन् । तर, समय अभावले दुर्गाप्रसाद शुक्रबार छुट्न सकेनन् । अदालतले दुर्गाप्रसादलाई शनिबार रिहा गर्ने जनाएको छ ।

दुर्गाप्रसादका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा दुर्गाप्रसादको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । महावाणिज्य दूतावासले पुनः अदालतलाई जानकारी गराउने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ