काठमाडौं, ४ भाद्र । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । राजदूत क्वात्राले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेका हुन ।
राजदूत क्वात्राले अध्यक्ष दाहाललाई भेटे लगत्तै वरिष्ठ नेता नेपाललाई उनको निवास कोटेश्वर पुगेर भेटेका छन् ।
दुवै नेताको सचिवालयले राजदूत क्वात्रासँग दुई देशबीचको सम्बन्धन तथा समसामयिक राजनीतिक मुद्दा र सीमा विवाद बारे कुराकानी भएको बताएका छन् । भेटका क्रममा राजदूत क्वात्राले सीमा विवाद दुई देशको उच्च तहबाट हल गर्नुपर्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया