भारतीय विदेश सचिवले नेपाल–भारत विषयमा प्रवचन दिने

समाचार

11/26/2020

काठमाडौं, ११ मंसिर । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आज शुक्रबार नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने भएका छन् ।

एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा भारतीय विदेश सचिवले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा प्रवचन दिने छन् ।

एआईडीआईएका कार्यकारी अधिकृत सुनील केसीले एक विज्ञप्ति जारी गदै भनेका छन्,’यो कार्यक्रम पब्लिक डिप्लोमेसीलाई प्रवर्द्धन गर्ने हाम्रो वृहत उद्देश्यको एक अंश हो । यो कार्यक्रमले दुईपक्षीय सम्बन्धलाई अझ गहन बनाउन सहयोग गर्नेछ ।’ विभिन्न थिङ्क ट्याङ्क, राजनीतिक दलका नेता, सरकारी अधिकारी, कूटनीतिक मिसनका पदाधिकारीहरु र अन्य विभिन्न क्षेत्रले सहभागिता जनाउने सो संस्थाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ