काठमाडौं, १९ कार्तिक । छिमेकी मित्रराष्ट्र भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् ।
उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका छन् ।
नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी काठमाडौं आउन लागेका हुन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । साथै, उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नेछन् ।
फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
तपाईको प्रतिक्रिया