भारतीय सेनाध्यक्ष नरवणे सगरमाथा अवलोकन गर्ने

समाचार

11/5/2020

काठमाडौं, २० कार्तिक । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार बिहान माउन्टेन फ्लाइट गर्ने भएका छन् । सेनाकै हेलिकप्टरमा चढेर उनले सगरमाथासहित नेपालका हिमालहरु नजिकैबाट नियाल्ने छन् ।

माउन्टेन फ्लाइट गर्ने विभिन्न विमान कम्पनीहरु रहेपनि नरवणेले सेनाकै हेलिकप्टर प्रयोग गर्न लागेका हुन् । यसअघि नरवणे निजी कार्यक्रमअन्तर्गत बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन र पशुपतिनाथ दर्शन गर्न पुगेका थिए । बुधबार नेपाल आइपुगेका नरवणे शुक्रबार अपरान्ह स्वदेश फर्कँदैछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ