भारतीय समाचार च्यानल जी न्यूजमा प्रधानमन्त्रीको अन्तर्वार्ता

समाचार

1/11/2021

काठमाडौं, २७ पुस । भारतको समाचारमूलक टेलिभिजन च्यानल जी न्युजमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण हुँदैछ । जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका छन् ।

अन्तर्वार्ता लिन जी न्युजका प्रधानसम्पादक चौधरीलसहितको टोली शनिबार काठमाडौं आएका हृन । उनीहरुले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।

प्रधानसम्पादक चौधरीले प्रधानमन्त्री ओलीसँग भेटको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक पनि गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो । अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि कुरा भयो ।’ प्रधानमन्त्री ओलीसँगको अन्तरवार्ता जी न्यूजमा आइतबार राती ९ बजे प्रसारण हुने छ ।

यस्तै जी न्यूजले प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ताको प्रोमो पनि राखेको छ । प्रोमा नेपालले भारतलाई ‘बोस’ मान्न किन इन्कार गरिरहेको छ भन्ने सोधिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ