रौतहट, ५ चैत । रौतहटको नेपाल–भारत सीमा नाकाबाट प्रहरीले एक किशोरीको उद्धार गरेको छ । उनलाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको हो ।
हेटौंडाको एक होटलमा काम गर्दै आएकी १७ वर्षीया निर्मला तामाङलाई जिल्लाको ईशनाथ नगरपालिका–५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले उद्धार गरेको हो ।
तामाङले आफ्नो घर दोलखामा भएको तर पालिका थाहा नभएको बताएकी छन् । उनले बुबाको नाम पासबिर तामाङ बताएपछि जिल्ला प्रहरी रौतहटले अभिभावकसित सम्पर्क गरेको थियो ।
तर कोही सम्पर्कमा नआएपछि चन्द्रनिगाहपुरस्थित मेची महाकाली बुहारी संयुक्त आवाज २ नम्बर प्रदेश कार्यलयमा सुरक्षित साथ राख्न जिम्मा दिइएको प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।
महिला हकहितका लागि आवाज उठाउँदै आएको बुहारी संयुक्त आवाज प्रदेश संयोजक पूजा पाठक तिमल्सिनाले सीमा क्षेत्रबबाट उद्धार गर्न सफल किशोरीको अभिभावकको सम्पर्कमा लागि परेको बताइन् ।
तपाईको प्रतिक्रिया