रौतहट, २७ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय सीमामा केहि समयभित्रै सवारी साधन आउजाउ हुने बताएका छन् ।
कोभिडको कारण लामो समय देखि भारतीय सीमाना बन्द रहेकाले गाडी नचल्दा सबभन्दा बढी मधेसको मानिस कठिनाईमा भएको बताउँदै अबको केही समय भित्रै यातायात संचालन हुने प्रतिवद्धता जनाएका छन् ।
उनले आफू कोभिडसम्बन्धी समितिको संयोजक रहेको जिकिर गर्दै मधेशी समूदायको मानिसको पिडालाई हटाउन केहीसमय भित्रै भारतीय सिमानामा गाडी चल्ने वातावरणको लागि भारतसंग पहल भईरहेको जानकारी दिए ।
रौतहटको मौलापुर नगरपालिकाको पतौरामा बिहीबारबाट सुरु भएको दोस्रो मधानी महायज्ञको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सीमा क्षेत्रका जनताले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै पहिलेकै अवस्थामा नाका सुचारु हुने बताए ।
उपप्रधानमन्त्री पोखरेलले पतौरा मन्दीरको संरक्षण र प्रबर्द्धनका लागि आवश्यक सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए ।
पतौरामा जग्गा उत्खनन गर्दा शिवको प्राचीन मूर्ति फेला परेपछि सो स्थानमा मधानी महायज्ञको सुरुवाता गरिएको हो ।
तपाईको प्रतिक्रिया