भारतीय संस्थाद्वारा डा. श्रेष्ठ सम्मानित

समाचार

3/11/2021

काठमाडौं, २७ फागुन । विश्वप्रसिद्ध मुटुरोग विशेषज्ञ प्राध्यापक डा. मलखलाल श्रेष्ठ ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित भएका छन् ।

उनलाई इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले सो सम्मान प्रदान गरेका हुन् ।

उक्त सम्मान प्रसिद्धि कमाएका विदेशी शल्यचिकित्सकहरुलाई मात्र प्रदान गर्ने गरिन्छ । सो सम्मान प्राप्त गर्ने श्रेष्ठ पहिलो नेपाली हुन् ।

भारतको नयाँ दिल्लीस्थित एस्कोर्ट अस्पतालमा तथा चेन्नइमा आजभन्दा १२–१३ वर्षअघि पहिलो पटक एओर्टिक सर्जरी (मुटुको महाधमनीको शल्यक्रिया) शुरु गरिदिएको तथा तद्सम्बन्धी तालिम समेत प्रदान गरेको कदरस्वरुप उनलाई सो सम्मान प्रदान गरिएको हो ।

प्राडा श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ