काठमाडौं, १५ भाद्र । छिमेकी मित्रराष्ट्र भारतका पूर्वराष्ट्रपति तथा ‘भारत रत्न’ प्रणव मुखर्जीको निधन भएको छ । सोमबार साँझ ८४ को उमेरमा मुखर्जीको निधन भएको हो ।
उनी पछिल्लो केही दिनदेखि सिकिस्त थिए र दिल्लीको आर्मी अस्पतालमा उपचाररत् थिए । पछिल्लो समय उनी कोरोना संक्रमितसमेत भएका थिए ।
उनको निधनको जानकारी उनका पुत्र अभिजीत मुखर्जीले पुष्टि गरेका छन् । पछिल्लो समयमा उनी विशिष्ट चिकित्सकहरुको निगरानीमा थिए ।
मुखर्जी सन् २०१२ मा भारतको राष्ट्रपति भएका थिए । उनी सन् २०१७ सम्म भारतका राष्ट्रपति रहेका थिए । साल सन् २०१९ मा उनी भारत रत्नबाट सम्मानित भएका थिए ।
तपाईको प्रतिक्रिया