कैलाली, ७ मंसिर । नेपाल सरकारको चिनसंग र भारतसंग सीमा जोडिएका क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना गर्ने नीति अनुसार कैलालीमा पनि पहिलो चरण र दास्रो चरणका बिओपी स्थापनाको कामलाई निरन्तरता दिएको छ ।
पहिलो चरणमा यस क्षेत्रमा भारतसंग सीमा जोडीएका प्रत्येक १० किलोमिटरमा १२ स्थानमा बिओपी स्थापना भईसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एबं बरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कँुवरले रातोपाटीलाई जानकारी दिए ।
दोस्रो चरणमा भने सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधिलाई थप प्रभाबकारी बनाउन भारतसंग जोडिएको सीमा क्षेत्रका प्रत्येक ५ किलोमिटर दुरीमा ७ ठाउँमा बिओपी स्थापना गर्ने तयारी भईरहेको उनले बताए ।
लेखापढी भईरहेको छ स्वीकृत भएर आए लगत्तै भारतसंग सिमा जोडिएका धनगढीको पुण्टेघाट र ललितपुर,कैलारी गाउपालिकाको लठ्ठाघाट, भजनि नगरपालिकाको हलौनाघाट,कालापातल ,पगियापसर तथा टीकापुरको कालाकुण्डमा थप एक,एक बिओपी स्थापना हुने कुँवरको भनाई छ ।
बरिष्ठ प्रहरी उपरीक्षक कुँवरले प्रत्येक ५ किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी स्थापना भएमा सीमा सुरक्षाका साथै चोरी तस्करी लगायतका अवैध गतिविधि रोक्न थप प्रभाबकारी हुने बताए ।
पछिल्ला महिनामा कैलालीमा सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी नियन्त्रणको काममा सफलता समेत मिलेको र प्रभाबकारी हुदै गएको उनले बताए । कैलाली जिल्लाको १०१ किलोमिटर लामो सीमा भारतसंग जोडिएको छ ।
तपाईको प्रतिक्रिया