जनकपुरधाम, २५ असोज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले भैंलाई प्रदेश सरकारले ‘ब्ल्याक गोल्ड’ अर्थात् कालो सुनको रुपमा हेरेको बताएका छन् ।
धनुषा जिल्लाको धनुषधाम नगरपालीका वडा नं. ९ मा रहेको लाइभ स्टक कृषिफार्मको स्थलगत अनुगमन गर्न पुगेका मन्त्री साहले सो कुरा बताएका हुन् ।
अनुगमनको क्रममा उक्त फार्मका संचालक राम ललीत साहले हार्डवेयर व्यवसायीबाट कृषि पेशालाई प्रमुख बनाएकोमा बधाई दिँदै भैंसी पालनलाई प्रमुखताका साथ अगाडि बढाउन आग्रह गरेका छन् ।
अनुगमन गर्दै उक्त फार्मको संचालकले आन्तरीक र वाह््य चुनौतिहरुको समेत मन्त्री साहलाई जानकारी गराएका थिए ।
उक्त फार्म अनुगमन पश्चात सोहि वडामा रहेको अनुकुल वचत तथा ऋण सहकारी संस्थाको पनि अनुगमन गर्दै सहकारीलाई व्यापक वनाई स्थानीयहरुलाई विशेष प्रथमिकता दिन सुझाव दिएका थिए ।
तपाईको प्रतिक्रिया