मुख्यमन्त्री राउतद्वारा गरुडामा ग्राण्डी हस्पिटलको उद्घाटन

समाचार

3/10/2021

रौतहट, २६ फागुन । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतले रौतहटमा ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल गरुडाको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको सुबिधा सम्पन्न उक्त अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले रौतहटको मध्यभागमा सञ्चालनमा आएको अस्पतालले बिरामीहरुलाई भरपर्दो सेवा दिने विश्वास व्यक्त गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा पछाडि परेको प्रदेश २ मा स्वास्थ्य संस्थाहरुमा आमूल परिवर्तनको आवश्यकता रहेकोे उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिसामा अगाडि बढी सकेको दाबी गरे ।

प्रदेश सरकारले सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि करोडौं रुपैयाँ उपलब्ध गराए पनि अस्पतालहरु रकम खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

गरुडाका नगरप्रमुख ईन्नु राय यादवकों अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सभा सदस्य अब्दुल कलाम अजाद (फुलबाबु), विभिन्न स्थानीय तहका प्रमुखहरु, जनता समाजवादी पार्टीका नेताहरू लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ