रौतहट, २३ मंसिर । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत रौतहटको गढीमाई नगरपालिका ८ बिनगरा स्थित गजेन्द्र पोखरी सौन्दर्यीकरणको शिलान्यास सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेता एवम् सङ्घीय सांसद अनिल झा र मो.मुख्यमन्त्री लालबाबु राउत गघीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद झाले प्रदेश सरकारले सुरु गरेको विकास निर्माणको योजनाले जनतालाई संघीयताको अनुभूति गराएको उल्लेख गरेका थिए ।
नेता झाले प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुले बिकास को नमुना प्रस्तुत गरेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छता अभियान प्रदेशको पर्यटकीय बिकासमा कोशेढुङ्गा साबित हुने बताएका छन् ।
अभियानअन्तर्गत जानकी मन्दिरबाट शुरु योजना प्रदेश भरिको सबै धर्म समुदायको धार्मिक, सान्सकृतिक धरोहरहरुको सौन्दर्यीकरण गर्दै प्रदेशलाई धार्मिक सांसकृतिक पर्यटनको हब बनाउने योजना आफूहरुको रहेको उनको कथन थियो ।
त्यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बिनगरा पोखरी सौन्दर्यिकरणले बिकास निर्माणमा सबै दल एकजुट रहेकोे संदेश दिएको उल्लेख गरेका थिए ।
मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत ६ करोडको लागतमा बिनगरा पोखरीमा घाट, मन्दिर न्र्मिाण, वाक वे, सौचालय निर्माण सहितको कार्यक्रम रहेकोे छ ।
मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा नेता बृज किश्सोर यादव, माधव नारायण नपाका प्रमुख बिरेन्द्र यादव, चुल्हाई यादव, रेवन्त झा सहितले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया