माघ १ गते परराष्ट्रमन्त्री भारत जानुहुन्छ : प्रम ओली

समाचार

1/8/2021

काठमाडौं, २४ पुस । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् ।

‘१४ तारिख (माघ १)परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला उहाँले सीमा नाकाबारे पनि कुरा गर्नुहुन्छ’, ओलीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ