माछा सुपर जोनका बजेट खोइ ? मन्त्री साह

समाचार

1/14/2021

जनकपुरधाम, १ माघ । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले माछा सुपर जोनका लागि आएको बजेट कहाँ गयो भनी संघीय सरकालाई प्रश्न गरेका छन् ।

जिल्ला मत्स्य सहकारी संघ लिमिटेड जनकपुरका ७ औ साधारणसभामा मन्त्री साहले प्रश्न गरे–‘संघीय सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिक योजना मार्फत माछा सुपर जोन का लागि आएको करोडौं बजेटको योजना कहाँ गयो ?’

मन्त्री साहले माछा सुपर जोनमा करोडौंको बजेट किसानहरुलाई नदिइएकोमा दुःख व्यक्त गरे । किसानका लागि आएको प्रधानमन्त्री आधुनिक योजना सुपर जोन किसानसम्म नपुग्नु संघीय सरकारले बइमानी गरेको मन्त्री साहले बताए ।

प्रदेशमा माछा पालनको निकायहरुमा जनकपुरमा धेरै ठूलो मत्स्य तालिम केन्द्र रहेको र त्यो पनि संघीय सरकार मातहतमा रहेको मन्त्री साहले बताए ।

उनले भने,‘ती तालिम केन्द्र धेरै बिघा जमिन र दर्जनौं पोखरीहरुमा सुख्खा अवस्थामा छन् । न संघ सरकारले काम गरिरहेको छ न प्रदेश सरकारलाई काम गर्न दिइरहेको छ ।’

कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य प्रमेश्वर साह लगायतले आ आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता जिल्ला मत्स्य सहकारी संघ लिमिटेड जनकपुरका अध्यक्ष संजय साहले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ