माटोको ढिस्कोले पुरिएर मृत्यु

समाचार

12/5/2020

कैलाली, २० मंसिर । लम्कीचुहा नगरपालिका–२ कान्छी बजार बस्ने जमान सिंह धामीको ११ वर्षीय छोरा जनक धामीको माटोको ढिस्कोमा पुरिएर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित मोहनलाल सामुदायिक बालउत्थान वनमा पार्क बनाउनको लागि खाडल खनी थुपारिएको माटोमा धामी लगायत ७ जना बच्चाहरु खेल्ने क्रममा खाल्डोमा खस्न गई ढिस्कोले पुरिँदा धामीको मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ