मोटरसाइकलमा आगजानी

समाचार

1/25/2021

रुपन्देही, १२ माघ । तिलोत्तमा नगरपालिका–१४ बागधुरास्थित तिनाउ खोलाको किनारामा सोही ठाउँ बस्ने रामसुरत केवटको लु.६४ प २४१५ नम्बरको मोटरसाइकलमा सोमबार बिहान आगजानी भएको छ ।

उक्त खोलाको किनारमा नम्बर नखुलेको मोटरसाइकल पूर्णरुपमा जलेको अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देही र प्रहरी चौकी चिल्हीयाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा रामसुरतको घरबाट आइतबार राति हराएको उक्त मोटरसाइकल अज्ञात व्यक्तिले आगजानी गरेको खुल्न आएको छ ।

उक्त मोटरसाइकलमा आगजानी गर्ने हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ