जनकपुरधाम, ११ भाद्र । प्रदेश २ को प्रोदेशिक अस्पताल जनकपुरको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका धनुषाको हंसपुर नगरपालिकाकाका राजु सदाका परिवारलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले ५० हजार रुपैंया नगद सहयोग गरेका छन् ।
राजदूत सुन्दासको तर्फबाट प्रदेश प्रमुख तिलक परियारका प्रमुख स्वकीय सचिव पदम विश्वकर्माले हंसपुर नगरपालिकाको कार्यालयमा मृतक राजु सदाका बुवा अशेश्वर सदा र आमा निलम सदालाई नगद ५० हजार रुपैंया नगद रकम हस्तान्तरण गरेका हुन् ।
अभाव, उत्पीडनमाथि गरिने छुवाछूत विभेदका कारण दलित समुदायका व्यक्ति तथा परिवारहरुलाई परेको गहिरो पीडामा अलिकति मात्रै भए पनि मलम लगाउने उद्देश्यले आफ्नो पारिश्रमिकको केही अंश सदा परिवारलाई पठाएकोे राजदूत सुन्दासले बताए ।
तपाईको प्रतिक्रिया