मैथिली टेलिसिरियल ‘मिथिलाञ्जली : नारी शक्ति’को प्रसारण सुरु

समाचार

9/6/2020

जनकपुरधाम, २१ भाद्र । मैथिली टेलिसिरियल ‘मिथिलाञ्चली : नारी शक्ति’को प्रसारण सुरु भएको छ ।

डिशहोमका लागि विजयलक्ष्मी मिडिया फाउन्डेसनद्वारा निर्मित मैथिली टेलिसियल मिथिलाञ्जलीको जनकपुरमा बुधबार प्रिमियर शो प्रसारण गरी यही शुक्रबारबाट डिशहोमको च्यानल ११९ भोजपुरी म्याजिकमा हरेक शुक्रबार बेलुका ८ बजे प्रसारण हुने गरी प्रसारण सुरु भएको हो ।

प्रिमियर शो विजयलक्ष्मी मिडिया फाउन्डेसनका अध्यक्ष एवं मिथिलाञ्चली सिरियलका निर्देशक सन्तोष लालदासको अध्यक्षता तथा प्रदेश २ का आन्तिरिक मामिला एवं कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको प्रमुख आतिथ्यमा औरही गाउँपालिका २, देउरी परबाहामा सामाजिक दूरी कायम गरी आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, प्रदेश २ का आन्तिरिक मामिला एवं कानुनमन्त्री ज्ञानेन्द्र यादवले विजयलक्ष्मी मिडिया फाउन्डेसनद्वारा बनिरहेको यो मैथिली सिरियलमा प्रदेश २ सरकारको सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै डिशहोमका सुपरभाइजर शिवराम मण्डलले डिशहोम नेटवर्क सदैव मैथिली लोक–कला संस्कृतिको पक्षमा रही आएको र सदैव यसलाई संरक्षण एवं प्रवर्द्धन गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ