मधेशी कर्मचारीप्रति जयकृष्ण गोइत आक्रामक

समाचार

12/22/2020

काठमाडौं, ७ पुस । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइत मधेशी कर्मचारीप्रति आक्रामक देखिएका छन् ।

गोइतले मंगलबार एक विज्ञप्ति जारी गरी मधेशी कर्मचारीलाई भ्रष्टाचारी र घूसखोरको संज्ञा दिएका छन् ।

‘मधेशी कर्मचारीहरुद्वारा पनि आम सेवाग्राही मधेशीहरु चरम शोषित, उत्पीडित र अपमानीत भएको छ ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

शोषित, उत्पीडित मधेशीहरुको राय, सल्लाह र सहयोगमा भ्राष्टाचारी, घूसखोर, आपूmलाई पहाडी ठानेर सर्वसाधारण मधेशीलाई हेप्ने, हेला गर्ने अहंकारी मधेशी कर्मचारीमाथि जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले हदैसम्मको कार्वाही गर्दै आएको उनले जनाएका छन् ।

यसैक्रममा सिरहा जिल्लाको सुखीपुर नगरपालिकाको कार्यालयमा सोमबार बेलुकी चेतावनी कार्वाही गराएको बताएका छन् ।

यसरी मधेशी कर्मचारीहरुको भ्रष्टाचारी, घूसखोरी र हेप्हा प्रवृति जारी नै रहे भन्ने यस भन्दा पनि उच्च स्तरको कार्वाही हुने चेतावनीसमेत दिएका छन् । ‘यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी मेयर लगायतका घूसखोर र हेपाहा प्रवृतिका मधेशी कर्मचारीहरु नै हुनेछ ।’ विज्ञप्तिमार्फत् चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ