मधेशी डक्टर्स एसोसिएसनलाई नेपालभरि विस्तार गरिने

समाचार

9/7/2020

काठमाडौं, २२ भाद्र । मधेशी स्वास्थ्यकर्मीहरुको संगठन मधेशी डक्टर्स एसोसिएसनलाई नेपालको ७७ वटै जिल्लामा विस्तार गरिने भएको छ ।

संघीय संरचनाअनुसार वृहत् रुपमा ससदस्य बनाउने, सबै जिल्लामा कमिटी गठन गर्ने तथा प्रादेशिक समितिहरु निर्माण गरिने एसोसिएसनका संयोजक डा.एकानन्द सिंह र प्रवक्ता विनय कुमार पञ्जियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मधेशी डक्टर्स एसोसिएसनको उद्देश्य पूर्तिका निम्ति र सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण जिम्मेवारी सह–प्राध्यापक डा. अजय कुमार मिश्रलाई दिइएको छ ।

लोकतन्त्र, संघीयता, समावेशिताको जगेर्ना र सुदृढ चिकित्सा क्षेत्रको स्थापना नै मधेशी डक्टर्स एसोसिएसनको उद्देश्य रहेको जनाइएको छ ।

आमजनताको बलिदानीबाट स्थापित आरक्षण, कर्मचारीतन्त्रमा समावेशिता जस्ता गहन विषयलाई राज्यले ओझेलमा पार्न खोजेको आरोप एसोसिएसनको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ