मधेशी महिलासम्बन्धमा अन्तरक्रिया

समाचार

3/11/2021

काठमाडौं, २७ फागुन । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा “मधेशी महिलाहरुको भाषा, लिपि र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन’ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

मधेशी आयोगको आयोजनामा भएको कार्यक्रममा मधेशी महिलाहरुको उल्लेखनीय सहभागितामा रहेको थियो । कार्यक्रममा कन्चना झाले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

सो कार्यक्रममा मधेशी महिलाहरुले लोप हुँदै गइरहेको मधेशी समुदायको भाषा तथा संस्कृतिलाई बचाउन उपयुक्त कार्यक्रमहरु ल्याउन आयोगलाई आग्रह गरिन ।

कार्यक्रममा आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आफू र आयोग मधेशी समुदायको हक, हित संरक्षण, सम्बर्धन तथा सशक्तिकरणका लागि अहोरात्र लागिरहेको तथा आगामी दिनमा अझ लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आयोगका सचिव धर्मेन्द्र मिश्रले आयोगको कार्यक्षेत्र तथा हालसम्म आयोगले गरेका गतिविधिहरु बारे जानकारी गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ